कपाल फिल्टर

Comment
उसले
आफ्नो photogenic मुस्कान सहित,
दाहिने हातका औँला फिँजाएर
पुरै SWAG का साथ लर्कायो - 
खासै मेहेनेत नगरिकनै सप्रेको
आफ्नो कालो, बाक्लो कपाल ।
छाँट्नुपरे सैलुनमा हजामलाई - टुप्पा टुप्पा छान्न सजिलो । 
"ह्या तिमी पनि !" भनेर "उनीलाई" घुर्कीले, जुल्फी तान्न सजिलो ।
नुउाहँदा झर्दैन, हाँगा पनि पर्दैन - कस्तो धान्न सजिलो । 
अरे वाह! आँफैलाई ऐनामा हेर्दै  Handsome मान्न सजिलो ।

स्कुलका ट्वाइलेटका भित्ताभित्तामा
Math टिचरको सफा शिरको अबोध मजाकदेखि
कलेजको ब्ल्याकबोर्डमा Retiring Physics Professor को भद्दा मजाक सम्म पुग्दा
उन्मत्त, उत्ताउलो र अराजक बनिसकेको थियो - 
आदत बनेको उसको मजाक ।

नशा त्यसै बन्दो रैनछ । 
नशा त्यसै बढ्दो रैनछ ।
अझै अझै भन्दा भन्दा
एक दुइ गरि गन्दा गन्दा
सर Robert, प्रोफेसर गोबिन्द
चन्दा म्याम, साथी सुवोध,
छिमेकी मिना, वसाइसरेका रामभजन "देशी"

-
Body Shaming was his recreation.
रंग वाट वर्ग, धर्म नश्ल हुँदै
Roasting became his profession.
र Youtube दुनियाँमा
Million followers were there
to fuel his obsession.

पायल्स उसको चुट्किला थियो
Warewolf Syndrome उसको Click Bait
Foodies where "हन्ते"
कसैको मजबुरी was just a "मगन्ते"।
६०२ Episode सम्म पुग्दा
दुबैतिर बराबर थियो - तौल,
"हाहाहाहा" र "थुइक्क मुखछाडु"  को। 

-

६ हप्ताको Chemo Procedure सम्म पुग्दा
side effects र मोटो बिल सहित डिस्चार्ज हुँदा,
कपाल झरेको मुडुलो टाउको,
रक्त अल्पता बढेर पहेंलिएको शिथिल अनि दुब्लो शरिर  लिएर
समय धकेल्दै छ उ हरेक दिनको मुठ्ठिभरि ओखतीले ।

Million followers ले "Get Well Soon" नभनेका हैनन्। 
२ - ४ दिन फुलगुच्छा हस्पिटलमा नपुराएका हैनन् ।
तर,
विस्तारै  Everybody Moved On !
किनकी,
यदि समय र प्रारब्धको परिचक्रबाट
बच्न सक्दैन कोहि भने  
उ मात्रै कसरी छुटोस् ?

Instagramमा उसले 
"Guys I am back" लेख्न चाह्यो ।
लहलाउँदो कपालको फिल्टरमा
पहिलेको जस्तै देखिएको उसको अनुहारमा
कसैगरेपनि फिलटर नै भएन - 
उसको ग्लानी ।

अन्त्यमा कुनै फिल्टर प्रयोग नै नगरि
लेख्यो उसले आफनो फोटोको तल caption मा -
"Guys, I am sorry"
"You are beautiful, however you are" ।


-जेठोबुढो
२०७७-जेष्ठ-१०