Comment
म,
अपवाद हैन
बरु,
पहुँचभन्दा धेरै परको
यौटा वाद हुँ ।
अपवाद हैन
बरु,
पहुँचभन्दा धेरै परको
यौटा वाद हुँ ।
म,
सत्य मान्दछु
नजिरहरु मान्दिनँ ।
विचार जान्दछु,
प्रकृया जान्दिनँ ।
प्रेम बुझ्दछु
कथित बन्धनभन्दा धेरै माथि
खै के खै के जवाफहरु
दिनुपर्छ ठान्दिनँ ।
म,
वाद हुँ
कहीँ पनि आँफूलाई
अपवाद मान्दिनँ ।
-जेठोबुढो,
२०६९ / असार / ०१
११ बजे राती
(अपवाद हेरेर फर्केपछि)
सत्य मान्दछु
नजिरहरु मान्दिनँ ।
विचार जान्दछु,
प्रकृया जान्दिनँ ।
प्रेम बुझ्दछु
कथित बन्धनभन्दा धेरै माथि
खै के खै के जवाफहरु
दिनुपर्छ ठान्दिनँ ।
म,
वाद हुँ
कहीँ पनि आँफूलाई
अपवाद मान्दिनँ ।
-जेठोबुढो,
२०६९ / असार / ०१
११ बजे राती
(अपवाद हेरेर फर्केपछि)