पशु

Comment
top view photography of elephant
परमात्मा
सबै आत्माहरुको पनि आत्मा रे
परमात्मा
परम् आत्मा,
परमात्मा परमेश्वर
तर खै?
खै त यी आत्माहरुलाई राखेको वशमा
अनी खै त संयमता अनि बुद्धिमता जगाएको मानवमा
नहुने नै थियो यो युद्धको महाजाल
नआउने थियो मानव मानवमा वितृष्णा
न जाग्ने थियो मै खाउँ मै लाउँ को
मानवमा यो अतृप्त तृष्णा
हाय! परमात्मा?
जगतको रखवाला
नारी हौ नारी, पुरुषको अधिनकी
देउता हौ देउता ढुंगा मात्रकी
हात मा छ कि क्या हो मदिराको प्याला
रमाउँदै छौ कि क्या हो देखेर
यो विग्रँदो चाला।
शुन्यता,
त्यसैले मान्छु अब शुन्यता
परमात्मा हैन अब, न त बिधाता।
केवल अचेत अस्तित्व बुझाउने
यौटा शुन्यता
व्ल्याक होल।
हो ब्ल्याक होल,
जहाँबाट प्रकाश पनि फर्कन सक्दैन,
अन्धकार
अनि अपरिभाषित, अदृश्य
त्यो शुन्यता।
मेरो जेठोबुबाले भनेको याद छ मलाई
“देउता! देउता!” भनि झपारेको याद छ मलाई
केहि काम बिगाऱ्यो, “देउता”
“अनि भगवानको बास त्यहाँ छ,
जहाँ अज्ञान र अन्धकार छ”
यस्तै रहेछ देउता।

त्यसैले,
परमात्मा र शुन्यता
पर्याय हुन्।
दौंतरी हुन्।
एक अर्काका सहकर्मी हुन्।
त्यसैले रचना गरेछ यो शुन्यता,
अपरिभाषित अनि अवर्णित
अदृश्य अनि अचेत
शुन्यता।

त्यसैले "अमुख" आवाजहिन प्राणीलाई
दिएको रहेछ आँफूसंग गाँसिएको नाम
परमात्मा र शुन्यताको समासित नाम
त्यो निरीह प्राणीमा आँफु समाहित हुन
आफ्नै रंगढंगको
आँफैलाई सुहाउँदो आफ्नै नाम
अर्थात,
पशु।

-
जेठोबुढो
-(२०६२/०२/११)