Comment
सुन्छौ ?
के सुन्छौ ?
के तिमीसँग जाँगर छ?
भन्नु त, महासागर छ।
नुन, सुन, जुन र खुनसँग
चारै दिशामा चुलिएका
तृष्णाका ईख
र वितृष्णाका विषले
विक्षिप्त यो,
शक्ति, रक्ति, भक्ति र विभक्ति हराएको
'ध्रुब'लाई
सुन्छौ ?
कति सुन्छौ ?
के तिमीमा धैर्य छ ?
खोतल्नु त धेरै गहिरो छ ।
चिया, चुरोट र चोकमा
सस्तो पोखिनु छैनन् मेरा
शब्दका झोक
रोदनका जोक
सन्ताप, वैमन्सय,
गुनासो, गथासो
अनि वियोग
यस्तै हो
जाऊ, आफ्नो समय जोगाऊ
मेरा शब्द बचाऊ
तिम्रो सदैव कल्याण होस् ।
-
के सुन्छौ ?
के तिमीसँग जाँगर छ?
भन्नु त, महासागर छ।
नुन, सुन, जुन र खुनसँग
चारै दिशामा चुलिएका
तृष्णाका ईख
र वितृष्णाका विषले
विक्षिप्त यो,
शक्ति, रक्ति, भक्ति र विभक्ति हराएको
'ध्रुब'लाई
सुन्छौ ?
कति सुन्छौ ?
के तिमीमा धैर्य छ ?
खोतल्नु त धेरै गहिरो छ ।
चिया, चुरोट र चोकमा
सस्तो पोखिनु छैनन् मेरा
शब्दका झोक
रोदनका जोक
सन्ताप, वैमन्सय,
गुनासो, गथासो
अनि वियोग
यस्तै हो
जाऊ, आफ्नो समय जोगाऊ
मेरा शब्द बचाऊ
तिम्रो सदैव कल्याण होस् ।
-
जेठोबुढो
२०६९/जेष्ठ/४
अनमोल स्विट्स, पाटनढोका
अनमोल स्विट्स, पाटनढोका