Comment
समय,
निरन्तर,
गर्धनमा हात राखि
न्याँकिरहन्छ
कपालको गुजुल्टो च्यापि
विच वजारमा घिसारिहन्छ ।
म लाचार छु
तैपनि पदचाप पछ्याइरहन्छु,
घिस्रिइरहन्छु
न्याकिइरहन्छु ।
कदाचित, ला भनिहाले
पुच्छर हल्लाउँछु, जिब्रो निकाल्छु
के के न दियो भन्दै,
र्याल काड्छु
जुठो हड्डीमा ।
तर,
वर्षमा एकदिन
मेरा गालाहरुमा
समय आफ्ना हत्केला राख्दै
मलाई जुरुक्क उचाल्छ ।
म मामाघर देखेझैँ गरि फुर्किन्छु
विर्सन्छु गुजुल्ट्याइनुको आर्तनाद,
"ह्याप्पी वर्थडे, ह्याप्पी वर्थडे"
"थ्याङ्क्यू, थ्याङ्क्यू"
वा क्या हुन्छ दिन
एकदिन कै किन नहोस्
तर क्या भइदिन्छ समय
म गन्न थाल्दछु अनि,
त्यहि समय सँगका संसर्गहरु
१,२,३,४,...,
.. (लामो सास) ..
'२६ पुगिएछ'
बा'ले दिएको घडीमा मैले
समयलाई थुन्न सकिनँ
बा'को घडी घुमिरह्यो
मेरो घडी पनि घुमिरह्यो
-जेठोबुढो
२०६९/जेष्ठ/१
झम्सिखेल, ललितपुर
निरन्तर,
गर्धनमा हात राखि
न्याँकिरहन्छ
कपालको गुजुल्टो च्यापि
विच वजारमा घिसारिहन्छ ।
म लाचार छु
तैपनि पदचाप पछ्याइरहन्छु,
घिस्रिइरहन्छु
न्याकिइरहन्छु ।
कदाचित, ला भनिहाले
पुच्छर हल्लाउँछु, जिब्रो निकाल्छु
के के न दियो भन्दै,
र्याल काड्छु
जुठो हड्डीमा ।
तर,
वर्षमा एकदिन
मेरा गालाहरुमा
समय आफ्ना हत्केला राख्दै
मलाई जुरुक्क उचाल्छ ।
म मामाघर देखेझैँ गरि फुर्किन्छु
विर्सन्छु गुजुल्ट्याइनुको आर्तनाद,
"ह्याप्पी वर्थडे, ह्याप्पी वर्थडे"
"थ्याङ्क्यू, थ्याङ्क्यू"
वा क्या हुन्छ दिन
एकदिन कै किन नहोस्
तर क्या भइदिन्छ समय
म गन्न थाल्दछु अनि,
त्यहि समय सँगका संसर्गहरु
१,२,३,४,...,
.. (लामो सास) ..
'२६ पुगिएछ'
बा'ले दिएको घडीमा मैले
समयलाई थुन्न सकिनँ
बा'को घडी घुमिरह्यो
मेरो घडी पनि घुमिरह्यो
-जेठोबुढो
२०६९/जेष्ठ/१
झम्सिखेल, ललितपुर