निशब्द आत्माहरु

Comment
man sketch near blue rug

त्यहाँ
गड्याङ्गगुडुङ्ग गड्याङ्गगुडुङ्ग गर्दै
रौद्र मेघ
बत्ताइरहेछ झ्यालहरु
चुईईईईयँयँ चुईईईईयँयँ
ढ्याक्क ढ्याक्क

जहाँ
खुकुलिइसकेका जीर्ण कब्जाहरु
जेनतेन अड्याईरहेछन्
जीवनका तन्तुहरु

तर
अवश्यम्भावी
कालो कालका
विचमा
मौन छन्
निशब्द आत्माहरु


-
जेठोबुढो
२०६९/बैशाख/१६
मुन क्याफे, पुल्चोक ललितपुर